काठमाडौं– काठमाडौँ उपत्यकाबाट दसैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।
_x000D_
_x000D_
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए।
_x000D_
_x000D_
दसैंभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ।
_x000D_
_x000D_
काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन्। अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।
_x000D_
_x000D_
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।