काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अर्को बैठकको मिति तोक्दै स्थगित गरिएको छ।
शुक्रबारदेखि सुरु भएको बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्ग्याइएको हो।
बैठकमा पार्टी सभापति गगनकुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्र प्रस्तुत गरिएको थियो। उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएका छन्।
त्यसैगरी उपसभापति शर्माले हालै सम्पन्न निर्वाचनको परिणामसम्बन्धी समीक्षा प्रतिवेदन बैठकमा पेश गरेका थिए। सो प्रतिवेदनमाथि सदस्यहरूबीच छलफल समेत भएको जनाइएको छ।
बैठक स्थगित भएसँगै बाँकी एजेन्डामाथि आइतबार बस्ने बैठकमा पुनः विचार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।