काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएकाे छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै पार्टीको चुनावी समीक्षा प्रतिवेदन पनि गरेकाे प्रवक्ता देवराज चालिसेले बताए ।
पार्टीको प्रारम्भिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रको विकास, वैदेशिक रोजगारीको बाध्यता र गैर आवासीय नेपालीहरूसँगको सम्बन्धका बारेमा आत्ममन्थन गरिएको छ।
प्रतिवेदनमा नेपालमा आज निजी क्षेत्रको जुन व्यापक उपस्थिति छ, त्यो कांग्रेसले लिएको नीतिकै परिणाम भएको जिकिर गरिएको छ । जुत्ता उत्पादनदेखि बिजुली उत्पादनस र बैंक, अस्पताल तथा सञ्चार माध्यमहरूसम्मको विस्तार कांग्रेसकै उदार आर्थिक नीतिका कारण सम्भव भएको प्रतिवेदनमा जिकिर गरिएको छ । तर, सरकारले जुत्ता उत्पादन गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भन्ने सामान्य कुरा जनतालाई बुझाउन नसक्दा उल्टै आलोचना खेप्नुपरेको कांग्रेसको निष्कर्ष छ। ‘विद्युत उत्पादनको दुई तिहाइ हिस्सा निजी क्षेत्रले ओगटेको छ, तर यसको श्रेय लिनुको साटो हामी आलोचनाको सिकार भयौँ,’ प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।