काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।
राजीनामा दिएका गगन बैठकमा सहभागी छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ ।
आजको बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गर्ने बैठकको एजेन्डा छ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बताइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।