काठमाडौँ — भदौमा भएको जेन-जी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिमपटक आग्रह गरेको छ ।
विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुने प्रशासनको सूचनामा उल्लेख छ । त्यस दिन प्रशासन कार्यालयको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेन-जी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।
अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरेर घाइतेहरुको ४ भागमा वर्गीकरण गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।