काठमाडौं– आलुको मूल्य प्रतिकेजी २८ रुपैयाँले बढेको छ। कालिमाटी तरकारी बजारको तथ्यांकअनुसार रातो आलु अघिल्लो वर्ष (असोज ३०, २०७४) को तुलनामा आज (असोज ३०, २०७५) मा २८ रुपैयाँले बढेर प्रतिकिलो ७३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रातो आलु प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको थियो।
_x000D_
_x000D_
कालिमाटी तरकारी बजारका अनुसार घिउ सिमी, हरियो प्याज, रायोको साग, बोडीको मूल्य अघिल्लो वर्षको तुलनामा यस वर्ष घटेको छ। भने घिरौला, स्कुस, च्याउको मूल्य बढेको छ। त्यस्तै काउली, लौउका, फर्सीको मूल्यमा भने कुनै परिर्वतन आएको छैन।
_x000D_
_x000D_

_x000D_
_x000D_
फलफूलको मूल्य आकासियो
_x000D_
_x000D_
अघिल्लो वर्षको तुलनामा यस वर्ष अधिकांश फलफूलको मूल्य आकासिएको छ। मौसमको मूल्य अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा नै बढेको छ। अघिल्लो वर्ष आजको दिन ५५ रुपैयाँ प्रतिकेजीमा बिक्री भएको मौसम यस वर्ष प्रतिकेजी ५५ रुपैयाँले बढेर १ सय १० रुपैयाँले बढेको छ। त्यस्तै स्याउ, अनार, भुर्इंकटहर, काँक्रो, मेवाको मूल्य बढेको छ भने सुन्तला, तरबुजाको मूल्य घटेको छ।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।