काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका छन्।
रास्वपाले नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै सञ्चालन गरिरहेको अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्को क्षेत्रमा जारी छ। सोही कार्यक्रमअन्तर्गत निर्धारित समापन सत्रमा सम्बोधनका लागि सभापति लामिछाने त्यहाँ पुगेका हुन्।
पार्टीले दुई दिनसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई विधायन, संसदीय प्रक्रिया र संगठनात्मक भूमिकासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्य राखिएको छ।
यसैबीच, पार्टीका वरिष्ठ नेता बालेन शाह उक्त कार्यक्रममा सहभागी नभएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।