काठमाडौँ– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्मा विपक्षी नै नहोस् भन्ने सोच गलत भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।
आज रास्वपाले आयोजना गरेको नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा पार्टीका उपसभापति डिपी अर्यालले आगामी संसद् विपक्षी दलबिहीन बनाउने धारणा राखेका थिए ।
नेता रिजालले लोकतन्त्रमा सशक्त विपक्षीको भूमिका अपरिहार्य हुने भएकाले त्यस्तो सोच लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताए ।
उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै भने,‘सरकारले राम्रो काम गरोस् भन्ने सबैको चाहना हुनु स्वाभाविक भए पनि “सरकार राम्रो चलोस् तर विपक्षी नै नरहोस्” भन्ने सोच गलत हो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।