काठमाडौ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन्।
भेटमा भदौ २३ र २४ का घटनापछि उत्पन्न अनिश्चिततालाई अन्त्य गर्न राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति भट्टराईले धन्यवाद व्यक्त गरेका छन्।
उपमहासचिव भट्टराईले भनेका छन् कि, “भदौ २३-२४ का घटना र त्यसपछिको अन्योलको अवस्थामा संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न राष्ट्रपतिले निर्देशित मार्गदर्शन प्रेरणादायी रह्यो।”
भेटका क्रममा उनले राष्ट्रपतिबाट प्राप्त सल्लाह र सुझावप्रति आभार व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।