काठमाडाैं– सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र, मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा भारी वृद्धि गरेको छ।
_x000D_
_x000D_
सोमबार सूचना जारी गर्दै सरकारले प्रवेश शूल्क बढाएको हो। जसअनुसार अब ति प्रत्येक क्षेत्रमा जान नेपालीले पनि प्रवेश शूल्क तिर्नुपर्ने भएको छ।
_x000D_
_x000D_
यसअघि नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै सार्कभित्रका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार पुर्याएको छ।
_x000D_
_x000D_
यसैबीच पर्यटनमैत्री वातावरण निर्माण गर्नुको सट्टा एक्कासी संरक्षण क्षेत्रको प्रवेश शूल्क बढाएर सरकारले पर्यटनमैत्री वातावरण धुमिल्याउन खाेजेकाे ट्रेकिङ एजेन्सिज एसाेसियसन अफ नेपाल (टान) का पूर्वमहासचिव तथा पदयात्रा व्यवसायी कर्ण लामाले प्रतिक्रिया दिएका छन्।
_x000D_
_x000D_
उनले संरक्षण क्षेत्र प्रवेश शूल्क, स्थानीय कर, पदयात्रा दस्तुर (परमिट शूल्क) सबै बढाउँदै लैजाने सरकारको कार्यशैलीले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने याेजना सफल हुन नसक्ने दाबी गरे।
_x000D_
_x000D_
कुनै पनि शूल्क बढाउदा कम्तिमा पनि ६ महिना पूर्व जानकारी दिनु पर्ने भए पनि साे समेत नगरेकाे उनकाे गुनासाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।