• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
सक्रिय हुँदै अख्तियार, असोज महिनामै पप्पुदेखि बौद्धका डिएसपीसम्म फन्दामा
64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०७५  १२:२९
1140x725

काठमाडौं– असोज ४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भए। घिमिरेले संसदीय सुनुवाइका क्रममा विगतभन्दा फरक शैलीमा भ्रष्टाचार वृद्धि भएको भन्दै आफू त्यसविरुद्ध कडा रुपमा उत्रने बताए।

_x000D_ _x000D_

ठेक्का, पूर्वाधार निर्माण, स्थानीय तह, यातायात व्यवस्था कार्यालय, मालपोत र नापी कार्यालयमा धेरै भ्रष्टाचार हुने गरेको उनले बताएका थिए। 

_x000D_ _x000D_

घिमिरे अख्तियारको नेतृत्वमा पुगेपछि अख्तियारले ठेक्कामा बदनाम पप्पु कन्स्ट्रक्सन, करिब २ करोडभन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेका सहरी विकासका इन्जिनियर र बौद्धका डिएसपी घुससहित पक्राउ परे।

_x000D_ _x000D_

यही महिनामा मात्र अख्तियारले २० जनालाई स्ट्रिङ अप्रेसनमार्फत घुससहित पक्राउ गरेको छ। यो अवधिमा अख्तियारले अकुत सम्पत्ति आर्जनमा १, नक्कली प्रमाणपत्रमा ६, रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा ५० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

_x000D_ _x000D_

अख्तियारले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित १० जनालाई एकै पटक पक्राउ गर्‍यो। अन्य शाखाका कर्मचारी पनि विभिन्न समयमा पक्राउ परे। यातायातपछि मालपोत तथा नापी र प्रहरीहरु घुससहित पक्राउ परे। काँडाघारीमा प्रमुखसहित १० र बौद्धका डिएसपीसहित अन्य प्रहरी यो अवधिमा अख्तियारको फन्दामा परे।

_x000D_ _x000D_

यो अवधिमा ठूलो विगो भएको मुद्दा ठेक्का अलपत्र पार्दै आएको मधेसी जनअधिकार फोरम नेपालका प्रतिनिधिसभा सांसद हरिनारायाण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्धको अभियोग रह्यो। ठूलो कीर्ते चाहिं कम्पनी रजिष्ट्रार कार्यालयको रहेको छ।

_x000D_ _x000D_

मुख्य मुद्दाहरु

_x000D_ _x000D_

१. पप्पु कन्स्ट्रक्सनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा असोज १९ गते मुद्दा दर्ता गर्‍यो। अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो।

_x000D_ _x000D_

बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बताएको थियो। पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो। गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

_x000D_ _x000D_

संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका संस्थापक हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

_x000D_ _x000D_

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

२.  यातायातका प्रमुखसहित कम्प्युटर अपरेटसम्म एकै पटक भ्रष्टाचार मुद्दा

_x000D_ _x000D_

एक महिनाको अवधिमा २०८ वटा चालक अनुमतिपत्र परिक्षा नदिएको व्यक्तिलाई उपलव्ध गराएको अभियोगमा अख्तियारले यातायात व्यवस्था कार्यालयका १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

_x000D_ _x000D_

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमतीका कर्मचारीले आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएको एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी भएको आयोगको अनुसन्धानमा फेला परे पनि पहिलो पटक यातायातका एकान्तकुनाका प्रमुखसहित भ्रष्टाचार मुद्दामा तानिएका हुन्।

_x000D_ _x000D_

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती एकान्तकुना र काठमाडौं ठूलो भर्‍याङ कार्यालयबाट २०७४ माघ १ गतेदेखि फागुन २५ सम्म जारी भए गरेका  कार, जिप, डेलिभरी भ्यानको सवारी अनुमतिपत्र फर्जी भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

_x000D_ _x000D_

यसरी भ्रष्टाचारमा पर्नेमा तत्काल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव, शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी थिए।

_x000D_ _x000D_

त्यस्तै  यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती, ठूलोभर्‍याङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीलाई भ्रष्टाचार निवारण ऐनअनुसार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती, ठूलोभर्‍याङ्ग काठमाडौं कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषाललाई हदै सम्मको कैद र जरिवाना माग गर्दै अख्तियारले असोज २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।

_x000D_ _x000D_

 ३. सहरी विकासका इन्जिनियरविरुद्ध अकुत सम्पत्ति मुद्दा

_x000D_ _x000D_

ठेक्का दिएवापत घुस लिने र उक्त घुस श्रीमतीमार्फत बैंकमा जम्मा गर्ने कार्य गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख (सिडिई) सुरेश ठाकुरविरुद्ध असोज २१ गते विशेष अदालतमा मुद्दा दायर भयो।

_x000D_ _x000D_

अख्तियारले निर्माण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र ठेक्का दिने गरेको भन्दै मुद्दा दायर गरेको थियो।

_x000D_ _x000D_

उनले यसरी आर्जन गरेको सम्पत्ति परिवार र आफन्तहरुको नाममा रहेको भन्दै अख्तियारले उनलाई ३ करोड १८ लाख ७३ हजार ७ सय २० विगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

_x000D_ _x000D_

अख्तियारले ठाकुरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्ति श्रीमती अनिता ठाकुरको नाममा राखेकोले उनलाई पनि विपक्षी  बनाइएको छ। सम्पत्ति लुकाउने कार्यमा अन्य ब्यक्तिहरू सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हालाई पनि अख्तियारले विपक्षी बनाएको छ।

_x000D_ _x000D_

४. बौद्धका डीएसपी राई १ लाख ४० हजार घुससहित पक्राउ

_x000D_ _x000D_

असोज २१ गते महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी श्यामकुमार राई आफैं अख्तियारको फन्दामा परे। काठमाडौंको बौद्ध क्षेत्रको प्रमुख रहेका राई १ लाख ४० हजार रकमसहित अख्तियारको फन्दामा परेका हुन्। राईकै क्षेत्रमा जुवा खालमा छापा मार्दा दुई जनाजनाको मृत्यु भएको भोलिपल्ट उनी घुससहित पक्राउ परेका हुन्।

_x000D_ _x000D_

प्रहरी नायव उपरीक्षक राईले सेवाग्राहीसँग स्यामसङ कम्पनीको  टिभी खरिद गरी ल्याइदिनु भनी जिन्सी सामानको रूपमा घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो।  

_x000D_ _x000D_

५. सहन्यायाधिवक्ता घुससहित पक्राउ

_x000D_ _x000D_

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापा असोज २४ गते ५ लाख घुससहित पक्राउ परे। ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिंदा थापालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। थापालाई थप अनुसन्धान गर्न काठमाडौं ल्याइएको छ।

_x000D_ _x000D_

६. टोखा नगरपालिका इन्जिनियर १ लाख घुससहित पक्राउ

_x000D_ _x000D_

अख्तियारको टोलीले टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख घुस रकमसहित २८ गते रंगेहात पक्राउ गर्‍यो।

_x000D_ _x000D_

आयोगको टोलीले अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि मागेको घुससहित पक्राउ गरेको हो। समितिसँग घुस लिँदै गर्दा आयोगको टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीमाथि विस्तृत अनुसन्धान भईरहेको छ।

_x000D_ _x000D_

७. बालुका घुस खाँदा प्रमुखसहित १० प्रहरी अख्तियारको फन्दामा           

_x000D_ _x000D_

बालुवा व्यवसायीसँग घुस लिने काँडाघारीका प्रमुखसहित ९ जना प्रहरी अख्तियारको फन्दामा परेका छन्। भदौ ३० गते ९ जनालाई अख्तियारले घुससहित पक्राउ गरेको थियो। सोही प्रकरणमा प्रहरीेले असोज ३ गते  प्रहरी नायव निरीक्षक ज्योती बिष्टलाई पनि नियन्त्रणमा लिएको थियो।

_x000D_ _x000D_

त्यसैगरी नायव निरीक्षक गोविन्द खरेल पनि सोही प्रकरणमा अख्तियारको फन्दामा परे। महानगरीय प्रहरी प्रभाग, काँडाघारी, कोटेश्वर र सानोठिमीमा कार्यरत प्रहरी कर्मचारीहरुले काँडाघारीबाट बालुवा बेचबिखन गर्ने व्यवसायीलाई विभिन्न बहाना बनाई, डर धम्की देखाई घुस लिएको पाइएपछि अख्तियारले स्टिङ अप्रेसन गरेको थियो।

_x000D_ _x000D_

अख्तियारको उक्त प्रकरणपछि उक्त क्षेत्रका सवै प्रहरीहरुको सरुवा भएका थिए भने उपत्यकाको प्रहरी कमान्डमा समेत हलचल मचिएको थियो।

_x000D_ _x000D_

८. कम्पनी रजिष्ट्रारको कार्यालयमा ७० करोडको सेयर कीर्तेमा दुई उपसचिवसहित पक्राउ  

_x000D_ _x000D_

करिब ७० करोड बराबरको सेयर कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयका दुई उपसचिव सहित १२ जनालाई नियन्त्रणमा लियो। यसअघि १० जना पक्राउ परेका थिए असोज १० गते उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको हो।  

_x000D_ _x000D_

शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर नामसारीमा सघाउने उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकायालाई अख्तियारले अनुसन्धानमा तानेको थियो। भदौ २१ गत केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ ले शंकर इलेक्ट्रिकको सेयर बेचबिखनमा कीर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रारसहित १२ जनालाई दोषी रहेको ठहर गरेको थियो।

_x000D_ _x000D_

तत्कालै कम्पनी रजिष्ट्रारका अधिकृतहरु नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशिष महर्जन र पुष्पकला राई, मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका निरजकुमार मानन्धर, रामेछापका जितबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइँला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौँका चिरीबाबु महर्जन, बाराका अमृत थापा मगर पक्राउ परेका थिए।

_x000D_ _x000D_

असोज १ देखि २९ गतेसम्म १५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोप–पत्र विशेष अदालतमा दायर गरेको छ ।

_x000D_ _x000D_

केही प्रमुख मुद्दा 

_x000D_ _x000D_

असोज ७ गते अख्तियारले नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो। फिल्डबुकमा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार घुससहित पक्राउ परेका थिए। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

_x000D_ _x000D_

विद्यालयको भुक्तानी दिएवापत घुस लिने जुद्ध माध्यामिक विद्यालय, गौर, रौतहटमा कार्यरत शिक्षक विरुद्ध अख्तियारले असोज ७  गते भ्रष्टाचार मुद्दा दायर ग¥यो। प्रावि शिक्षक  प्रमोदकुमार ठाकुरले विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेपछि भुक्तानी दिंदा निर्माण व्यावसायीसँग ४५ हजार घुससहित पक्राउ गरेको थियो। शिक्षक ठाकुरलाई उक्त रकम बिगो कायम गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसारको कैद सजाय माग गरेको छ ।

_x000D_ _x000D_

यातायात व्यवस्था कार्यालय, (सवारी चालक अनुमतिपत्र) सुकेधारामा बिचौलियाको कार्य गर्दै आएका अशोक कार्कीविरुद्ध अख्तियारले असोज १० गते भ्रष्टाचार मुद्दा दायर ग¥यो। अख्तियारले उनीसहित नायव सुब्बा यादव पौडेललाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ। उनीहरुले मिलेमतोका सवारी चालक अनुमतिपत्र बनाउने भन्दै ३२ हजार घुस लिंदै गर्दा अख्तियारले पक्राउ गरेको थियो।

_x000D_ _x000D_

नेपालीकरण गर्दा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा असोज १४ गते अख्तियारले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, नारायणी पर्साका कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

_x000D_ _x000D_

यसरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले कार्यालय प्रमुख (उपसचिव) विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृतहरु कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालीन नायब सुब्बा अविन्दर दासविरुद्ध भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै मुद्दा विशेष अदालतमा अख्तियारले दायर गरेको हो।

_x000D_ _x000D_

इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महत अनुसन्धान गर्नुपर्ने मुद्दामा नगर्ने सर्तमा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा असोज २० गते भ्रष्टाचार मुद्दा दायर ग¥यो।

_x000D_ _x000D_

स्थानीय महिला सञ्जालकी अध्यक्ष मैयाँ पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई विभिन्न डर धम्की देखाई आफ्नो ३० हजार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।

_x000D_ _x000D_

घुस लिएर निजी विद्यालयलाई अनुमति प्रदान गर्ने वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशिभूुाणप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो। अख्तियारको टोलीले एक लाख घुससहित उनीहरुलाई पक्राउ गरेको थियो ।

_x000D_ _x000D_

यस अवधिमा अख्तियारले घुससहित रंगेहात १५ जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिरहेको छ।

_x000D_ _x000D_

काठमाडौं महानगरपालिकाको कार्यालय, टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरी असोज ९ गते ५ हजार रुपैयासँगै पक्राउ गरेको थियो।

_x000D_ _x000D_

नापी कार्यालय बुढानिलकण्ठका सर्वेक्षक सुरेन्द्रसिंह कुँवर २५ हजार घुससहित पक्राउ गरेको थियो। वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मञ्जुर आलम र प्राविधिक सहायक शशिभुषणप्रसाद साहले निजी विद्यालयलाई अनुमति प्रदान गर्ने १ लाख घुस लिएको अभियोगमा असोज ६ गते पक्राउ गरेको थियो।  

_x000D_ _x000D_

असोज ९ गते नापी कार्यालय, हरिऔन, सर्लाहीमा कार्यरत अमिन किशुनदेव मण्डल ९ हजार घुससहित पक्राउ परे। अंशवण्डा पत्रको लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।

_x000D_ _x000D_

असोज १४ गते नेपाल विद्युत प्राधिकरण, काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठ, उपकेन्द्र बुढानीलकण्ठमा कार्यरत इलेक्ट्रिसियन २० हजार घुस सहित पक्राउ परे। इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माले घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घुस लिंदै गर्दा उनी अख्तियारको नियन्त्रण्मा पुगेका हुन्।

_x000D_ _x000D_

असोज १६ गते जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारी ३० हजार घुससहित पक्राउ परे।

_x000D_ _x000D_

नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले अन्सारीलाइ पक्राउ गरेको हो।

_x000D_ _x000D_

असोज १९ गते यातायात व्यवस्था कार्यालय, बागमती, सवारी चालक अनुमतिपत्र, सुकेधारा, काठमाडौंका नायव सुव्बा नवराज पराजुली घुससहित अख्तियारले पक्राउ ग¥यो।  लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै उनीहरुले ५ हजार घुस लिएपछि अख्तियारले पक्राउ गरेको हो।

_x000D_ _x000D_

असोज २४ गते अख्तियारको टोलीले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई जग्गा धितोबन्धक पास गर्ने सिलसिला घुस लिंदै गर्दा पक्राउ गर्‍यो।

_x000D_ _x000D_

उनीहरुलाई अख्तियारको टोलीले ५० हजार  घुस रकम लिएको अवस्थामा निजहरुकै कार्यालयभित्रबाट नियन्त्रणमा लिएको हो।

_x000D_ _x000D_

असोज २५ गते शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह ४० हजार घुससहित पक्राउ परे। विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि घुस लिंदै गर्दा उनी पक्राउ परेका हुन्।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच फोन वार्ता
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर
विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो, खोजीमा एसएसपीको टोली परिचालन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच फोन वार्ता शुक्रबार, जेठ २३, २०८२
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर शुक्रबार, जेठ २३, २०८२
विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो, खोजीमा एसएसपीको टोली परिचालन शुक्रबार, जेठ २३, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै शुक्रबार, जेठ २३, २०८२
नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्