काठमाडौं– शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणकाे अवलाेकनका लागि खुला गरिएको हो।
_x000D_
_x000D_
नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको छ।
_x000D_
_x000D_
विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो व्यवस्था गरेकाे हो।
_x000D_
_x000D_
अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा लिएका थिए। राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो।
_x000D_
_x000D_
शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
२०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो। सो कक्षभित्र श्रीपेचलाई १३ वटा लाहाछाप लगाइ बन्द बाकसभित्र राखिएको छ भने कक्ष बाहिरको ढोकामा १० वटा लाहाछाप लगाइएको छ। सो कक्ष बाहिर चौबिसै घण्टा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ।
_x000D_
_x000D_
जेठ २९ मै अन्तिम राजा ज्ञानेन्द्रले पनि दरबार छाडेपछि २०६५ असार १ गते राजदरबारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए।
_x000D_
_x000D_
संग्राहलयको रुपमा राजदरबारसँग सम्बन्धीत धेरै वस्तुहरु आम जनताले अवलोकन गर्दै आएका थिए। तर श्रीपेच लगायतका केही वस्तुहरु भने अवलोकनको लागि राखिएको थिएन।
_x000D_
_x000D_
कसरी गरिँदैछ श्रीपेचको सुरक्षा
_x000D_
_x000D_
सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरेको थियो। तर, सुरक्षाको कारण देखाउँदै श्रीपेचलाई सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको थिएन।
_x000D_
_x000D_

_x000D_
_x000D_
करिब ६ वर्षपछि मात्रै आवश्यक सुरक्षा प्रबन्ध गरी श्रीपेचलाई अवलोकनका लागि राख्न लागिएको हो। जसका लागि सुरक्षाका ७ वटा तह निर्धारण गरिएको बताइएको छ। श्रीपेचको सुरक्षाका लागि केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिएको थियो। नेपाली सेनाको कालीबहादुर गणका सेनाले सोकेसको परीक्षण गर्ने क्रममा १६ फिट टाढाबाट गोली प्रहार गर्दा सिसा सामान्य रुपमा चर्किएको मात्र थियो।
_x000D_
_x000D_
यसपटक सोही सोकेसमा श्रीपेचलाई राखिने संग्रहालयले बताएको छ।
_x000D_
_x000D_
नारायणहिटी दरबार सङग्रहालय २०६५ फागुन १६ गतेबाट सर्वसाधारणले पनि अवलोकन गर्न पाउँछन्। पछिल्लो एक दशकमा संग्रहालयमा २९ लाख १४ हजार ७ सय १७ जनाले अवलोकन गरेको सङग्रहालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।