• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

64x64
नेपाल लाइभ आइतबार, फागुन १०, २०८२  १२:२०
1140x725

रुपन्देही– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता पालनासम्बन्धी निर्वाचन आचारसंहिता, २०८२ ले तोकेबमोजिमका चार बुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालले आज राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिहरूका लागि आचारसंहिता कार्यान्वयन गराउन सूचना जारी गरिएको जनाइएको छ ।

सूचनामा निर्वाचन आचारसंहिता २०८२ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने विभिन्न २५ बुँदे आचरण तोकिएको छ । जसअन्तर्गत राजनीतिक पार्टी वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा जुलस, आमसभा, कोणसभा वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने उल्लेख छ । कार्यक्रम गर्दा कसैको घरको आसपास गई विरोध वा प्रदर्शन गर्न नहुने, कार्यक्रम गर्दा मिति, समय, मार्ग र स्थानका बारेमा कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासनसँग अनुमति लिएर गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्वाचन प्रचारप्रसारका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपले रोक लगाइएको छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउनसक्ने किसिमले प्रचारप्रसार गर्न गराउन नहुने उल्लेख गरिएको छ ।

घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर बाजागाजा तथा झाँकीसहित जान बन्देज गरिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा कुनै पनि धर्मका नाममा प्रचारप्रसार गराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने उल्लेख गरिएको छ । यस्तै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारले र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने स्पष्ट पारिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ बमोजिम उम्मेदवार र राजनीतिक दलहरूका लागि निर्वाचन प्रयोजनका लागि सवारीसाधन प्रयोग गर्नसमेत आचरणहरू आचारसंहितामा व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन अधिकृतको अनुमति लिइ उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । तर विदेशी नम्बर प्लेटको सवारीसाधनलाई प्रयोग गर्न बन्देज लगाइएको छ ।

यस्तै कुनै पनि राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलका लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम राजनीतीक दल तथा कुनै पनि उम्मेदवारका लागि निर्वाचन प्रयोजनका लागि गर्नुपर्ने खर्चको समेत आचारसंहिताले तोकेको मापदण्ड पालना गर्ने व्यवस्था गरिएको छ । यसअन्तर्गत राजनीतिक कुनै पनि दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने र उक्त रकम बुझेको रसिद वा भरपाई दिइ उम्मेदवार वा दलको बैंक खातामा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा सञ्चारमाध्यमको प्रयोग गर्दा टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसारका लागि प्रयोगको मापदण्ड पनि तोकिएको छ । निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने त्यसको प्रयोगको मापदण्ड निर्धारण गरी सूचना जारी गरिएको छ ।

अनुगमन समितिले जारी गरेको आचारसंहितासम्बन्धी सूचनाबमोजिम निर्वाचन आचारसंहिता, २०८२ को बर्खिलाप हुनेगरी गतिविधि सञ्चालन गरे गराएको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारीसमेत रद्द हुनसक्ने जनाइएको छ ।

अनुगमन समितिले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण रूपमा पालना गरी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सफल, स्वच्छ, निष्पक्ष तथा भयरहित तवरबाट सम्पन्न गर्न तथा आचारसंहिता पालनामा नमूना तथा उदाहरणीय जिल्ला बनाउने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आमनागरिक, मतदाता एवं सञ्चारकर्मीलगायत सम्बद्ध सबै सरोकालवालालाई अनुरोेध गरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको उजुरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू, नजिकको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका एकाइहरू तथा कार्यालयमा र निर्वाचन आयोगसमक्ष लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्ययस्था मिलाइएको जनाइएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनुगमन समितिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्नु सबैको समान जिम्मेवारी रहेकाले प्रतिनिधिसभा निर्वाचन आचारसंहिता, २०८२ अनुसार जारी आचारसंहिता पूर्ण रूपले पालनाका लागि सबै पक्ष गम्भीर हुनु जरुरी रहेको अनुगमन अधिकृत रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्