काठमाडौं– पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिर प्रयोग गर्न नपाइने भएको छ।
_x000D_
_x000D_
उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिँदै आएको थियो। यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन्।
_x000D_
_x000D_
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अन्योलमा छ।
_x000D_
_x000D_
भूकम्प गइसकेपछि दोस्रो पटक पुनर्निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो। कामपाको मागअनुरुप दुई कम्पनीले इच्छा देखाए पनि दुवै निर्माण कम्पनीको मागअनुरुपको आसयपत्र नभएकाले पोखरी पुनर्निर्माणको काम अन्योल भएको हो।
_x000D_
_x000D_
नगरप्रमुख विद्यासुन्दर शाक्यले भने, ‘निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेस गरेका कागजात अपुग छन्, निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ, त्यसको लागि समय लाग्छ।’
_x000D_
_x000D_
यसअघि काठमाडौं महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो।
_x000D_
_x000D_
कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य सुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि सुरु गरिएको निर्माण कार्य रोकिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।