काठमाडौं– दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन्।
एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर-७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। त्यस्तै, झण्डा जलाउने कार्यक्रममा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ।
फागुन ७ गते राति साढे ९ बजेतिर तुलसीपुर-५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको स्वागतमा उपस्थित व्यक्तिले एमालेको झण्डा जलाएका थियो।
एमालेले रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ। रास्वपाले भने यसमा आफ्ना कार्यकर्ता संलग्न नभएको प्रस्टीकरण दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।