काठमाडौं– दसैं नजिकिँदै गर्दाको यो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो भने स्वदेश फर्किएका नेपालीहरुको बाक्लो उपस्थिति देख्न सक्छौं। विदेशबाट स्वदेश फर्किंदा अधिकांश नेपालीले आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो ल्याउने चलन नयाँ होइन।
_x000D_
_x000D_
यसरी स्वदेश फर्किएकाहरुले बढी मात्रामा टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारको रुपमा ल्याउने गरेको पाइन्छ। त्यसमध्ये पनि भन्सार छुटका कारण धेरै कामदारले टिभी र मोबाइल फोन ल्याउने गरेका छन्।
_x000D_
_x000D_
टिभी र मोबाइल नै पहिलो रोजाइमा पर्नुमा नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शूल्क छुट रहेको स्वयम् कामदार बताउँछन्। दक्षिण कोरियाबाट ३ वर्षपछि स्वदेश फर्किंदै गरेका सप्तरीको राजविराजका दिनेश गौतम मंगलबार त्रिभुवन विमानस्थलमा ‘एलइडी’ टिभीका साथमा भेटिए। ‘घरमा आवश्यक पर्ने भएकोले एउटा ३२ इन्चको टिभी र २ वटा मोबाइल लिएर आएको छु।’, गौतमले भने, ‘नेपाल आएपछि पनि किन्न परिहाल्छ। त्यसमाथि उता नयाँ प्रविधि तथा सस्तोमा पाइने भएकोले पनि ल्याएको हुँ।’
_x000D_
_x000D_
भन्सारका कारण पनि यस्ता सामान नेपालसम्म आइपुग्दा क्रय मूल्य उच्च हुन्छ। ‘नेपालमा किन्दा एउटै मोडल भएपनि बढी मूल्य पर्छ। सरकारले विदेशबाट फर्किंदा सीमित संख्यामा यस्ता समान ल्याउन दिने भएकोले पनि हामीलाई धेरै सस्तो पर्न जान्छ।’, गौतमले थपे।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनले परिवारका सदस्यले मोबाइल आवश्यक रहेको बताएपछि टिभीसँगै मोबाइल पनि लिएर आएको स्पष्ट पारे।
_x000D_
_x000D_
नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ। कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुटको पनि व्यवस्था गरिएको हुन्छ। विशेष छुटकै कारण सस्तो मूल्यमा फोन पाइने भएपछि धेरैले मोबाइल लिएर आउने गरेको संयुक्त अरब इमिरेट्स ९युएई०बाट नेपाल फर्किएका काभ्रेका जीवन केसीले बताए।। ‘नेपालको भन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ। त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत बिक्रीका लागि राखिएपछि त्यतापट्टि धेरैको आकर्षण हुन्छ’, केसीले बताए।
_x000D_
_x000D_
यस्तै, मलेसियाबाट दसैं मनाउन घर फर्किएका धरानका सुबोध लिम्बु पनि मलेसियामा नेपालीलाई लक्षित गरेर टिभी र मोबाइलमा छुट दिएकाले आफूले पनि एउटा टिभी र ३ वटा मोबाइल बोकेर आएको बताए।
_x000D_
_x000D_
लिम्बु, केसी र गौतम घर फर्किंदै गर्दा विमानस्थलमा भेटिएका हुन्। यसरी घर फर्किने धेरै नेपालीले ३२ इन्चसम्मको टिभी लिएर आउने गरेका छन्। ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ। यसका कारण प्रायजसोले यो सुविधाको उपभोग गरेको पाइन्छ। विदेशमा नेपालमा भन्दा झन्डै आधा मूल्यमा टिभी र अन्य मोबाइल फोन किन्न पाइन्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
अर्थ मन्त्रालयको निजी, गुन्टा, झिटीसम्बन्धी प्रावधानअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक २ वटासम्म मोबाइल फोन ल्याउन पाइन्छ। तर, विदेशबाट घर फर्किनेहरुले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन्। यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन। ३ वटा मोबाइल ल्याएर आएको भएपनि विमानस्थलमा रहेको भन्सार फाँटमा कुनै पनि जाँचबुझ नगरिएको लिम्बुले बताए।
_x000D_
_x000D_
कतिपयका हकमा भने विदेशबाट फर्किंदा कुन सामान, कति परिमाणमा ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा धेरैले विमानस्थलमा सास्ती व्योहोर्ने गरेका छन्।
_x000D_
_x000D_
चाडपर्व नजिकिँदै गर्दा औसतमा नेपालीहरुको स्वदेश फर्किने संख्या विदेशिनेको भन्दा ३ गुणा बढी हुन्छ। विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार यसबीचमा झन्डै २ हजार ५ सय नेपाली औसतमा नेपाल फर्किएका छन्। भने विदेशिनेको संख्या करिब ७ सय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।