दाङ– सभामुख कृष्णबहादुर महराले मूलुक अझै संक्रमणकालमै रहेकाले संघ, प्रदेश र स्थानीय सरकार अलमलमा रहेको बताएका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाका सभामुख, प्रदेश ५ का मुख्यमन्त्री तथा दाङबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा संयुक्त रुपमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई दाङमा सम्बोधन गर्दै सभामुख महराले अहिलेको संक्रमणकालीन अवस्थालाई बुझेर अगाडि नबढे झनै जटिलता थपिने धारणा राखे।
_x000D_
_x000D_
यो स्थिति अझै केही समय रहने उनको भनाइ छ। सभामुख महराले समृद्धि कुनै पार्टी विशेषको मुद्धा नभएको भन्दै विकास सबै पार्टीको साझा लक्ष्य रहेकाले आफूले त्यसका लागि समन्वय गरिरहेको दाबी गरे।
_x000D_
_x000D_
कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघले अझैसम्म पनि संघियताको मर्म अनुसारको कानुन निर्माण गरिनसकेकाले प्रदेश र स्थानीय सरकारलाई समृद्धिको यात्रा सुरु गर्न अलमल भइरहेको गुनासो पोखे। उनले छिटो कानुन निर्माण गर्ने कार्यमा पहल गरिदिन पनि सभामुखसँग आग्रह गरे। कानुन निर्माण गर्दा अधिकतम अधिकार र श्रोत तल्ला सरकारलाई दिनेगरी बनाउनु पर्नेमा उनले जोड दिए।
_x000D_
_x000D_
कार्यक्रममा दाङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको उपस्थिति रहेकोे थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।