काठमाडौं– सरकारले नेपालको आफ्नै व्यवस्थापनमा निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वे सञ्चालनको निम्ति आवश्यक कानुनी र अन्य संरचना निर्माण गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
आइतबार करिब ७ घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकले निर्माणको अन्तिम चरणमा पुगेको रेल–वे सेवामा नेपालको झण्डा राखिने समेत निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
_x000D_
_x000D_
बैठकले लोक सेवा आयोगलाई २ महिनापछि मात्रै नयाँ कर्मचारीका लागि आवेदन खुला गर्न पनि निर्देशन दिएको छ।
_x000D_
_x000D_
नेपालको समग्र विकासको लागि इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, कानुन, अर्थशास्त्रमा आवश्यक पर्ने समग्र जनशक्तिको आकलन गरेर तदनुरुप शैक्षिक संस्थाहरु तथा समग्र शैक्षिक प्रणालीको पुनर्संरचनाको निम्ति सुझाब दिन शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाउने निर्णय गरेको छ। समितिलाई समग्र अध्ययन गरी प्रतिवेदन बुझाउन ६ महिनाको समयसीमा तोकिएको छ। उक्त समितिले दिएको प्रतिवेदनको सुझावलाई १५औं राष्ट्रिय पञ्चवर्षिय योजनामा समावेश गरिने छ।
_x000D_
_x000D_
जमलमा रहेको जनप्रशासन क्याम्पस (परीक्षा नियन्त्रण कार्यालय रहेकाे स्थान) मा राष्ट्रिय पुस्तकालयलाई स्थानान्तरण गर्ने र त्यहाँ अत्याधुनिक भवनसहित राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
मन्त्री ज्ञवालीका अनुसार चिकित्सा शिक्षाको सन्दर्भमा विगत कार्यदलले निर्णय गरे अनुसार यो वर्षको शुल्क पहिले निर्णय अनुसार गर्ने (अहिले बढाउन नपाइने, यथावत गर्ने, आगामी वर्षहरुका निम्ति निर्णयहरु हुने) मेडिकल शिक्षाको शुल्कलाई यथावत राख्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
सरकारले दसैंको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।