काठमाडौं– नेपाली कांग्रेसले सोमबार देशैभरका जिल्ला पार्टी कार्यालय बन्द गर्ने भएको छ। नेता चक्र बाँस्तोलाको निधनमा शोक व्यक्त गर्दै भोलि एक दिन ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको कांग्रेस उप–सभापति विमलेन्द्र निधिले जानकारी दिए।
_x000D_
_x000D_
आज कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आकस्मिक रुपमा बसेको केन्द्रीय समितिको बैठकले कांग्रेसका सबै पार्टी कार्यालयमा तीन दिन पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ।
_x000D_
_x000D_
कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक ७ गते तय भएको कांग्रेसको चियापान कार्यक्रमसमेत बास्तोलाको मृत्युको शोकका कारण कात्तिक १६ मा सारिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
उप–सभापति निधिका अनुसार कोजाग्रत पूर्णिमाको दिन नेता बाँस्तोलाको सम्झनामा देशैभर श्रदान्जली सभा गरिने छ।
_x000D_
_x000D_
आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाले उपस्थित हुन ढिलाई गरेपछि ३ बजेपछि मात्रै बसेको थियो।
_x000D_
_x000D_
गएराति आफ्नै निवास खुमलटारमा निधन भएका नेता बाँस्तोलाको शव दिउँसो १ः३० बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ।
_x000D_
_x000D_
बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पोडेल, उप–सभापति निधि, महामन्त्री डा शशांक कोइरालालगायतका नेता, कार्यकर्ता तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि श्रद्धान्जली अर्पण गरेका छन्।
_x000D_
_x000D_
बाँस्तोलाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।