काठमाडौं– सुर्खेतको पञ्चपुरी नगरपालिकामा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा प्रहरी निरीक्षक र जवानलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई १५ हजार घुससहित प्रक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीहरुले सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्न आफूहरुले सहजीकरण गरेको भन्दै घुस रकम मागेका थिए। पक्राउ पर्नेहरुलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।