काठमाडौं- मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ।
_x000D_
_x000D_
हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
_x000D_
_x000D_
एमओयू मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल र अध्ययनसँगै संशोधन गरेर दोस्रो पटक मलेसियाको मानव संशाधन मन्त्रालयमा पठाएको थियो।
_x000D_
_x000D_
मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत महिना एमओयूको मस्यौदासहित प्रस्ताव पठाएको थियो। मस्यौदाको ड्राफ्टसहित नेपालले पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो। मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुन: दोस्रो पटक ड्रफ्ट मलेसिया पठाइएको हो।
_x000D_
_x000D_
रोजगारीका लागि मलेसिया जाँदा भविष्यमा आउने समस्यालाई समाधान गर्ने गरी एमओयूमका बुँदाहरू राखेर ड्राफ्ट मलेसिया पठाइएको मन्त्रालयको भनाइ छ। त्यसमा सहमति जनाई मलेसियाका तर्फबाट समेत हस्ताक्षर हुने भएको हो।
_x000D_
_x000D_
कामदारलाई आर्थिक शोषण गर्दै आएका विभिन्न पाँच संस्थालाई मन्त्रालयले गत जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएपछि नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।