काठमाडौं– कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाे छ। उनकाे रातको ९.२० बजे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।
_x000D_
_x000D_
उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए।
_x000D_
_x000D_
कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको थियो। त्यसपछि उनलाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो। त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो। र, काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइयो। त्यहाँ पनि सात महिना राखियो। तर पनि उनी पूर्ववत् अवस्थामा आउन सकेनन्।
_x000D_
_x000D_
०७० कात्तिकदेखि भने उनको उपचार घरमै हुँदै आएको थियो। घरमा पनि उनी आइसियु बेडमै आराम गरिरहेका थिए।
_x000D_
_x000D_
सामान्य रुपमा खाना खान नसक्ने भएका कारण उनलाई पाइपबाट खाना खुवाइएको थियो। पत्नी कुसुमको सक्रिय रेखदेखमा बाँस्तोलाले अति कठिन दिनहरु बिताइरहेका थिए।
_x000D_
_x000D_
बाँस्तोला बिपीको प्रेरणाले ०१७ सालबाट राजनीतिमा होमिएका थिए। र, बिपीबाटै समाजवादी दीक्षा पाएका थिए। तर, चर्चित विमान ०३० सालको विमान अपहरणको एक नाइके भएका कारण त्यसपछि भने उनी पनि चर्चित बन्न पुगे। बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए।
_x000D_
_x000D_
०४८ संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएका थिए। तर पराजित भए। त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बाँस्कोटालाई भारतका लागि राजदूत सिफारिस गरेको थियो। भारतीय अदालतमा विमान अपहरणको मुद्दा खेपिरहेका बाँस्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएका कारण उनी बल्ल राजदूत बन्न सकेका थिए।
_x000D_
_x000D_
उनी परराष्ट्रमन्त्री समेत बनेका थिए।
_x000D_
_x000D_
बाँस्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेताहरुमा पर्थे। सिद्धान्त र दर्शनमा उनको गहिरो रुचि थियो। पार्टीको चुनावी घोषणापत्र लेखनमा बेलामा समेत उनी पहिलो रोजाइमा पर्थे। तर नेतृत्वमा छाउने बारे उनले रुचि देखाएनन्। उनी गज्जबका रणनीतिकार पनि थिए। जोखिम मोल्ने नेताको परिचय बनाएका थिए।
_x000D_
_x000D_
युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका खेलेका थिए। विशेषगरी बाँस्तोलाले सम्पर्क सूत्रको काम गर्दै कोइरालालाई सघाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।