काठमाडौं– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको यौनिक स्वाब (भेजाइनल स्वाब) र त्यसबाट निकालिएको 'डिएनए' नमूना यथास्थितिमा सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई बिहीबार निर्देशन दिएको छ।
_x000D_
_x000D_
निर्मला पन्त हत्या प्रकरणका सम्बन्धमा गरिएका चिकित्सकीय जाँच तथा प्रमाणहरुको वैज्ञानिक परीक्षणका सम्बन्धमा राय/सुझाव लिने उद्देश्यले कानुनी चिकित्सा विज्ञ र 'डिएनए' विज्ञहरुसँग छलफल गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा 'डिएनए' परिक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनका प्रतिलिपिहरुको समेत सूक्ष्म अध्ययन गरिएको थियो।
_x000D_
_x000D_
अध्ययनपश्चात् आयोगले मृतक निर्मलाको यौनिक स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाको बारेमा जानकारी गराउन पनि महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरेको छ।
_x000D_
_x000D_
छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितको टोली तथा त्रिवि फरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्सा विज्ञ डा हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगसालाका डिएनए विज्ञ वैज्ञानिक डा दिनेश झा लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।