काठमाडौं- सिन्धुपाल्चोकको लार्चामा ३ मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ। जुरेको पहिरो, शक्तीशाली भुकम्पका कारण क्षति पुगेकाले विद्युत् उत्पादन बन्द भएको थियो। पुनर्निर्माण सम्पन्न भएपछि सोमबारबाट पूर्ण क्षमतामा सञ्चालन आएको हाइड्रो पावरले उत्पादित विद्युत ३३ केभीए ट्रान्समिसन लाईन मार्फत लामोसाँगु सब-स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ।
_x000D_
_x000D_
कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैया बराबरको सर्वसाधारणलाई सेयर निष्काशन गर्ने र सो मध्य जिल्लाका स्थानियबासीलाई ६ करोड ५० लाखको सेयर वितरण गर्ने संस्थाले जानकारी दिएको छ। हाइड्रोका निर्देशक दिनेश पौड्यालले जिल्लाका स्थानीयलाई सेयर वितरण भएपछि ५० लाख ६६ हजारको कर्मचारी र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाँको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए।
_x000D_
_x000D_
सेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिएको छ। कम्पनीको वार्षिक आम्दानी ९ करोड ७० लाख रहको छ। साधारण सेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य कम्पनीले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।