काठमाडौं– नेपाल र वेस्ट इन्डिजबिच हुने टी-२० श्रृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल किक्रेट संघ(क्यानले)रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।
यही सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह किक्रेट रंगशालामा हुने तीन वटा टि- ट्वान्टी अन्तराष्ट्रिय सिरिजको नाम ‘युनिटी कप’राखिएको छ।
क्यानले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्व दिँदै उक्त नाम राखिएको हो।
नेपालले पहिलो फटक टेस्ट राष्ट्रसँग टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो।
सिरिजका खेल २९,२९ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)को सरजाह क्रिकेट मैदानमा हुनेछ।
नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।