काठमाडौं– आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ ।
आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउँदै गर्दा आफूहरुको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।
पत्रकारहरुले गुरुङसँग प्रश्नहरु सोध्दा उनले उल्टै धम्की दिए । त्यसक्रममा भाँडभैलो भएपछि स्थिति कुटाकुटसम्म पुगेको छ । दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।
यस्तै अस्ति हर्क साङपाङलाई प्रधानमन्त्री बनाउन माग गर्दै जंगीअड्डामा धर्ना दिन गएका उनका समर्थकमाथि कुटपिट गर्ने एमाले कार्यकर्ता प्रेम लामा पनि आजको पत्रकार सम्मेलनमा उपस्थित थिए । उनले त्यहाँ गुरुङमाथि हातपात गर्न खोज्दा जेन–जी समूहले कुटपिट गर्दै लखेटेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।