काठमाडौं – राजधानीको भद्रकालीमा जेनजीबिच नै कुटाकुट भएको छ।
सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ।
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ। नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन्।
अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो।
बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भइरहेका छन्। जंगीअड्डा परिसर अगाडि नेपाली सेनाले भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।