काठमाडौँ– मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ।
प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको बताएको हो। विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।
विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।