काठमाडौँ– सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन्।
मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन्।
नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन्।
कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए। त्यसपछि कैदीहरु पनि भाग्न थाले। अधिकांस कैदीभागेपछि सेना आएको थियो। अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ।अहिले केही फर्किएका पनि छन्।
भागेका केही कैदीबन्दीहरुलाई फर्काइएको सैनिक स्रोतले बतायो। टोपबहादुर भने फर्किएका छैनन्।
शरणार्थी प्रकरणमै थुनामा रहेका रायमाझी पनि कारागार प्रशासनको सम्पर्कमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।