विराटनगर– जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ।
कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो।
कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए। भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो।
हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ। कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ। सेनाको टोली पुगेपछि अवस्था सामान्य छ। अहिले त्यहाँ सेनाले सुरक्षा दिएको छ। रवि लामिछाने छुटे जस्तै त्यहाँका कैदीबन्दी पनि छुट्नुपर्ने छुटाउन पुगेको समूहको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।