काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ।
हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।
बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल हुने स्रोतले बताएको छ। वैठकमा सबै सचिवहरु सहभागी रहने जनाइएको छ।
‘अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।