काठमाडौं– हालैको आन्दोलनलाई जोडेर पुराना घटनाका हिंसात्मक तस्बिर प्रयोग गरी गलत समाचार फैलाइएको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने भ्रामक समाचारसहितका सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी सामग्री अन्य देशमा भएका पुराना घटनाका तस्बिर र भ्रामक जानकारी प्रयोग गरेर जनमानसमा डर, त्रास फैलाउने उदेश्यले सार्वजनिक गरिएको प्रहरीले स्पष्ट पारेको छ ।
नेपाल प्रहरीले यस प्रकारका गतिविधिले समाजमा नकारात्मक प्रभाव पार्ने र विद्यमान परिस्थितिलाई थप अस्थिर बनाउन सक्ने भन्दै यस्ता भ्रामक समाचार नफैलाउन तथा नफैलाउन अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।