काठमाडौं– मंगलबारको प्रदर्शन उग्र र हिंसात्मक बनेपछि देशका मुख्य संरचनामा क्षति हुनुका साथै मुख्य कारागारहरुमा रहेका हजारौं कैदी बन्दीसमेत भागेका छन् ।
मंगलबार दिउँसो रवि लामिछानेलाई निकाल्न गएका जेन–जीका प्रदर्शनकारीले रविका साथसाथै अन्य कैदीलाई पनि मुक्त गरिदिए । त्यहाँबाट कति कैदी भागे भन्ने कुनै तथ्यांक छैन ।
यस्तै कैलाली कारागारबाट पनि प्रदर्शनकारीहरुको बलमा सैयौंको संख्यामा कैदी भागेका छन् । यस्तै केही बेरअघि मात्रै जलेश्वर कारागारबाट ५ सय बढी कैदी भागेका छन् भने कास्की कारागारबाट पनि ९ सय बढी कैदी भागेका छन् ।
यस्तै अहिले राजधानीका विभिन्न ठाउँमा लुटपाट भइरहेको छ । जेन–जी का नाममा अपराधिक गिरोहका व्यवक्तिहरुले बैंक तथा विभिन्न ठूला पसलहरु फोडेर लुटपाट मच्चाइरहेका छन् ।
काठमाडौंमा भएका सबै सरकारी संरचनाहरु ध्वस्त पारिएको छ । सिंहदरबारमा त अहिलेसम्म आगो दन्किरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।