धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
_x000D_
_x000D_
विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्। रावल नेकपाका सांसद् हुन्।
_x000D_
_x000D_
नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले आजै मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिए। नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् आज विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।