काठमाडौं- दसैं नजिकिएसँगै आर्थिक कारोबारमा पनि तीव्रता आउने गरेको छ। आर्थिक कारोबारका लागि सेवाग्राहीको चाप उच्च हुने बैंक तथा वित्तीय संस्थाले थप ग्राहक अाकर्षित गर्न विभिन्न योजना तथा अफर समेत सार्वजनिक गर्दै अाएका छन्।
_x000D_
_x000D_
विगतमा जस्तै यसवर्ष पनि चाडपर्वलक्षित गरी बैंक तथा वित्तीय संस्थाले ग्राहकका लागि नयाँ अफर ल्याएका छन्। २८ वाणिज्य बैंकमध्ये धेरैले ग्राहकलाई आकर्षण गर्ने योजना ल्याएकाे बैंकहरुले नै स्वीकार गर्दै अाएका छन्। सवारी साधनमा छुटको अवसर दिएका कम्पनीलाई सहयोग गर्न बैंकले ‘अटो लोन’ मा विशेष छुट ल्याएका छन्। कतिपय बैंकले चाडपर्वका बेला भित्रिने रेमिट्यान्सलाई समेत अफरमा प्राथमिकतामा राखेका छन्।
_x000D_
_x000D_
कुन बैंकले कस्ता अफर ल्याए?
_x000D_
कार्डधनी ग्राहकलाई बैंक अफ काठमान्डुको विशेष छुट
_x000D_
दसैं तिहार लक्षित गरी बैंक अफ काठमान्डूले कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। यस अफर अन्तर्गत बैंक अफ काठमान्डूका ग्राहकले कार्ड मार्फत ग्रान्डी हस्पिटलको सेवा लिए बापत ७ दशमलव ५ प्रतिशत, एल.जी. लाइफस्टाईलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जी. डिजिटलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत छुटकाे योजना ल्याएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसैगरी दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एन्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउनेछन्। बैंकले यो सुविधा सीमित अवधिका लागि मात्र लागू गरेको बताएको छ।
_x000D_
_x000D_
एनआइसीको रेमिट अफर
_x000D_
एनआइसी एसिया बैंकले ‘चाडपर्व मनाऔं, एनआइसी एसिया रेमिटसँगै’ भन्ने नारासहित आन्तरिक विप्रेषणमा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
_x000D_
_x000D_
यसैगरी, बैंकले दसैं–तिहार लक्षित गरी ‘अटो लोन’को ब्याजदरमा विशेष छुट अफर ल्याएको छ। बैंकले ‘साथीको साथ पाएपछि, यसपालीको दसैं–तिहारमा घुम्नुहोस् आफ्नै गाडीमा’ भन्ने नाराका साथ उसले ‘अटो लोन’ अफर ल्याएको हो। साथै बैंकले अफर अन्तर्गत मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था मिलाएको छ भने ‘अटो लोन’को अवधि पनि लम्ब्याएको जनाएको छ।
_x000D_
_x000D_
ग्लोबल आइएमई बैंकको ‘दसैंमा बीस लाख’ योजना
_x000D_
आइएमई समूह अन्तर्गतको ग्लोबल आइएमई बैंक र इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दसैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ। असोज ७ गतेदेखि मंसिर मसान्तसम्म आईएमई गर्ने मध्येबाट एक जनालाई २० लाख रुपैयाँ बम्बर उपहार दिने घोषणा गरेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यस्तै, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख, हरेक हप्ता १ जना सेवाग्राहीलाई १० हजार रुपैयाँ प्रदान गरिने योजनामा उल्लेख छ। हरेक दिन १० जना भाग्यशाली सेवाग्राही छनौट गरी उनीहरुलाई ‘आइएमई पे’मार्फत प्रतिव्यक्ति एक हजारको दरले १० हजार रुपैयाँको बिल भुक्तानी गरिने जानकारी गु्रपले दिएको छ।
_x000D_
_x000D_
क्रेडिट कार्ड प्रयोगकर्ताका लागि इजीको उपहार
_x000D_
ईजी मोबाइल केयरले दसैं लक्षित गरी क्रेडिट कार्ड भएका ग्राहकका लागि फेस्टिभल अफर ल्याएको छ। कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्दा विभिन्न उपहार प्राप्त गर्न सक्ने जनाएको छ। कम्पनीले ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफरअन्तर्गत उक्त सेवा ल्याएको जानकारी दिएको छ।
_x000D_
_x000D_
ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले यसको फाइदा उठाउन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।