गाईघाट- इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले दुई दिनदेखि निरन्तररुपमा कडाइका साथ बजार अनुगमन थालेपछि व्यापारीले बजार नै बन्द गरी विरोध जनाएका छन्।
_x000D_
_x000D_
बजार अनुगमनका क्रममा इलाका प्रशासन र नगरपालिकाले बजारका विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्ता नै नगरी अवैध रुपमा सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रेको बताइएको छ।
_x000D_
_x000D_
कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले प्रशासनले मनपरि बजार अनुगमन गरेर दुःख दिएको आरोप लगाए।
_x000D_
_x000D_
इलाका प्रशासन कार्यालयका प्रमुख सुनील पौडेलका अनुसार बजारका केही पसल दर्ता नै नगरी, कर नृ नतिरी मनपरि ढङ्गले सञ्चालन गरेको पाइएकोले त्यस्ता पसल बन्द गरिएको हो। कानूनी प्रक्रिया पुर्याएर सञ्चालन गर्न प्रशासनले भनेको र केही कालोबजारी गर्ने व्यापारीलाई सामान्य कारवाही प्रक्रिया अगाडि बढाइएको प्रशासन कार्यालय प्रमुख पौडेलले जानकारी दिए।
_x000D_
_x000D_
स्थानीय उपभोक्ता कृष्ण कार्कीले प्रशासन र नगरपालिकाले ठीक काम गरेको प्रतिक्रिया दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।