इटहरी- सुनसरीको दुहबी नगरपालिका–८ छिटाहाका ३० वर्षीय प्रमोद चौधरीलाई बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
इटहरी उप–महानगरपालिका–१३की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहबीले चौधरीलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
बालिकालाई ललाई फकाई तथा धाक/धम्की देखाएर गरी इटहरी ९ स्थित गोधुली होटलमा लगेर चौधरीले बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित परिवारको उजुरीको आधारमा चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका चौधरीको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।