काठमाडौं- प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। ‘विचाराधिन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको छ’ उनले भने।
_x000D_
_x000D_
मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मिश्रले अदालतलाई क्षति पुर्याउने, मानव अधिकार र न्यायमा असर पर्ने गरी काम गर्न दिनुहुँदैन भन्ने विषयमा आफू सचेत रहेको स्पष्ट पारे।
_x000D_
_x000D_
प्रधानन्यायाधीश मिश्रले न्याय सेवाको सुधारका लागि सम्बन्धित सबै निकायलाई सहयोग गर्न पनि आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।