काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा चितुवाको छालासहित सामेबार राति साढे ९ बजे ४ जनालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–८ का २८ वर्षीय सुराजन थापा, गोरखाका २३ वर्षीय सलिम मिया, स्याङ्जाको रत्नपुरका २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ का २८ वर्षीय मानबहादुर नेपाली छन्।
_x000D_
_x000D_
उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।