काठमाडौं– पोखरा महानगरपालिका–६ खहरे बस्ने तनहुँका ३४ वर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडर पक्राउ परेका छन्।
_x000D_
_x000D_
एडरलाई पोखरा महानगरपालिका–६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
_x000D_
_x000D_
चक्कु प्रहार गरेको खबर पाउनासाथ खटिएको वडा प्रहरी कार्यालय बैदामको प्रहरीले उनलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
घाइते श्रेष्ठलाई उपचारको लागि चरक मेमोरियल अस्पताल लगिएको छ।
_x000D_
_x000D_
एडरमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।