काठमाडौं– आज विश्व हुलाक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।
_x000D_
_x000D_
यस वर्ष नेपालले ‘समावेशी विकास र समुन्नत अर्थतन्त्रका लागि सुदृढ हुलाक सेवा’ भन्ने मूल नाराका साथ विश्व हुलाक दिवस मनाएको हो। यसै अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गोश्वारा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हुलाक सेवालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले हुलाक सेवाको आवश्यकता र औचित्यका बारेमा पनि प्रकाश पारेका थिए।
_x000D_
_x000D_
हुलाक सेवालाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने पुरानो माध्यमको रुपमा लिइन्छ। सूचना र सञ्चारको आवश्यकतालाई महसुस गरेर सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो। नेपालले भने सन् १९५६ मा यसको सदस्यता लिएको थियो। विश्व हुलाक संघको सदस्यता लिएसँगै नेपालले पनि विश्व हुलाक दिवस मनाउँदै आएको छ।
_x000D_
_x000D_
सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।