• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'बेड रेस्ट'का २२ दिन : बन्चरोले कम्मर छिनालेझैं त्यो अनुभूति

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  २१:३०
1140x725

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै डा विप्लव सापकोटाले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त?'

_x000D_ _x000D_

हो, उनले भनेझैं मेरो मेरुदण्डको तल्लो भाग (एल ४-५) को नसा वरिपरिको भाग आक्रमणमा परिसकेको रहेछ। 

_x000D_ _x000D_

रिपोर्टबारे उनी थप व्याख्या गरिरहेका थिए। नजिकै सोफामा ढल्किएको मेरो शरीर भने जिरिङजिरिङ भइरहेको थियो। म सोच्न थालेँ— अब नसा पनि बिस्तारै च्यापिनेछ। त्यसपछि अप्रेसन…

_x000D_ _x000D_

–०००–

_x000D_ _x000D_

दोस्रोपल्ट दुखाइ बल्झिएपछि फेरि 'बेड रेस्ट'मै फर्किनुपर्‍यो। 'ब्याक पेन'को सानोतिनो पीडालाई झेल्दै आए पनि यसपालि म नराम्ररी थलिएँ। 

_x000D_ _x000D_

असारको अन्तिम सातादेखि ढाड हल्का दुख्न थालेको महसुस त गरेको थिएँ। वास्ता गरिनँ, किनकि पहिलेझैं केही दिनमा ठिक भइहाल्छ भन्ने लागेको थियो। तर बेवास्तालाई ढाडले चुनौती दियो, दुखाइ क्रमश: बढ्न थाल्यो। त्यसपछिका दुई दिन पीडा सहँदै भए पनि अफिस धाइरहेँ। तेस्रो दिन बिहान भने कम्मर हल्लाउन सकिनँ। ओछ्यानबाटै डेस्कका साथीहरुलाई फोन गरेर अफिस आउन नसक्ने जानकारी गराएँ।

_x000D_ _x000D_

टाढा जान सक्ने अवस्थै थिएन। खुट्टा चलाउनासाथ सोझै त्यो पीडाले कम्मर र ढाडमा चस्का हान्थ्यो। नजिकैको कीर्तिपुर हस्पिटलमै चेकजाँच गराउने निधो गरेपछि साथी प्रवेशले मोटरसाइकलमा राखेर पुर्‍याइदिए। 

_x000D_ _x000D_

अर्थोपेडिक डा रहेछन्, अनुजराज बिजुक्छे। उनलाई भेटेँ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

'कतै ठोक्किएको थियो?' सोधे।

_x000D_ _x000D_

'थिएन।'

_x000D_ _x000D_

'लडेको सड्केको?'

_x000D_ _x000D_

'अहँ, केही छैन।'

Xtrem

Xtrem
_x000D_ _x000D_

बेडमा सुताएर प्रारम्भिक चेकजाँच सुरु गरे र भने, 'पहिले एक्सरे हेरौं है त।'

_x000D_ _x000D_

पछि एक्सरे हेर्दै उनले भने, 'पछाडिको मांशपेसी कडा भएर खुम्चिएको रहेछ। त्यसैले हड्डीलाई प्रेसर गरेकाले दुखेको हो।'

_x000D_ _x000D_

दुखाइ कम गर्ने केही औषधि लेखिदिए। र, कम भएपछि थेरापीका लागि एक हप्तापछि पुन: भेट्न भन्दै बिदा दिए। 

_x000D_ _x000D_

उनकै 'डेडलाइन'मा पुन: अस्पताल पुगेँ। दुखाइ केही कम भए पनि  बायाँपट्टि अलि असहज महसुस भइरहेको थियो। उनले फिजियोथेरापीका लागि रिफर गरे। सोही अस्पतालमा त्यसपछिका तीन दिनसम्म लगातार थेरापी गराएँ। थेरापिस्टले चार आइटममा एक्सरसाइज पनि सिकाएका थिए, जसलाई कोठामा आफैले अभ्यास गर्न थालेँ।

_x000D_ _x000D_

जब तेस्रो दिनको थेरापी सकाएर कोठामा आइपुगेँ। अचानक दुखाइ बढ्न थाल्यो। दुवै खुट्टाको पैतालासम्म झनझनाउन थालेपछि म निकै डराएँ। नसाकै समस्या या हड्डी खिएको त होइन!

_x000D_ _x000D_

भोलिपल्ट उठ्न सकिनँ। थेरापी पनि गइनँ जबकि उठेर ट्वाइलेट जान पनि निकै गाह्रो भएको थियो।
_x000D_  
_x000D_ सोच्नुस्, तपाईं सुतिरहनुभएको छ र कसैले कम्मरमा बन्चरोले ठ्वाकठ्वाक हानेर छिनाउँदैछ। भाग्न पनि सक्नुहुन्न किनकि शरीर मूढो जस्तो बनेको छ— हल न चल!

_x000D_ _x000D_

यही महसुस गरेँ दिनभर। 

_x000D_ _x000D_

भोलिपल्ट अर्थोपेडिक सर्जन डा विप्लव सापकोटालाई सम्पर्क गरेर अस्पताल पुगेँ। त्यो अवधिसम्म मेरो बायाँ कम्मर बांगो/छड्के भइसकेको थियो। 

_x000D_ _x000D_

हिँड्दा पनि दायाँ खुट्टाको भरमा कि त कसैको सहारा लिनुपर्ने। 

_x000D_ _x000D_

ढाड नै बांगो अवस्थामा भइसकेपछि हुन सक्छ उनले एमआरआई गर्न सुझाव दिए। केही औषधि सिफारिस गरेर पठाए। सोही दिन एमआरआई गराएँ। भोलिपल्ट बिदा परेकाले रिपोर्ट दुई दिनपछि मात्र आयो। लाग्यो, बिदा नभएको भए एक दिनपहिले नै म थप उपचार गर्न पाउँथे।

_x000D_ _x000D_

रिपोर्ट बोकेर पुन पुगेँ डा विप्लवकहाँ।

_x000D_ _x000D_

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै उनले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त? भित्र कुरकुरे हड्डी जस्ता केही हाड हुन्छन्, तिनले थिचेको छ।'

_x000D_ _x000D_

'अब के गर्ने? हड्डी खिइएको त हैन?' हडबडीमा सोधिहालेँ।

_x000D_ _x000D_

'हड्डी खिइने उमेर त होइन यो। अब केही दिन नियमित औषधि  खानैपर्छ। दुखाइ कम भएपछि फिजियोथेरापी गर्नुपर्छ।'

_x000D_ _x000D_

उनका अनुसार कतिपय अवस्थामा बसाइको सन्तुलन नमिल्दा मेरुदण्डमा भार पर्छ। जब कोही लगातार निहुरिएर काम गर्छ, उसको मांशपेसीले बढी दबाब खेप्नुपर्छ। बिस्तारै शिथिल बन्दै जाँदा मांशपेसीको भार पनि हड्डीले थेग्नुपर्दा दुखाइ उत्पन्न हुन्छ।

_x000D_ _x000D_

मैले अनुमान गरेँ। लगभग मेरो समस्या यही हुन सक्छ। मेरो नियमित काम डेस्क (कम्प्युटरमा गरिने काम) मा रहेर समाचार सम्पादन गर्नु हो। अझ अनलाइनमा भएपछि यसै पनि समाचारको प्रेसर पर्ने नै भयो। 

_x000D_ _x000D_

'ढाड सिधा पारेर काम गर्ने हो भने भार टाउको हुँदै मेरुदण्डबाट सिधा तल जान्छ,' उनले थप जानकारी दिए, 'तर निहुरिएको अवस्थामा टाउकोको भार मेरुदण्डबाट अगाडि जाने भएकाले मांशपेसीमा दबाब हुन्छ।'

_x000D_ _x000D_

उनको सुझावपछि म फर्किएँ। तर तत्कालै थेरापी गर्न चाहिनँ किनकि दुखाइ कम भएकै थिएन। नियमित औषधि खाने र सुताइलाई सहज बनाइराखेँ। 

_x000D_ _x000D_

अहिले म डा सुनिल पौडेलको परामर्शमा स्पार्क हेल्थ होममा फिजियो थेरापी गराइरहेको छु। उनका अनुसार शारीरिक श्रमको कमी वा ढाडको बढी प्रयोग र गलत आसनका कारण यसखाले समस्या आइलाग्छ।

_x000D_ _x000D_

अहिले त बांगिएको कम्मरमा सुधार आइसकेको छ। दुखाइ निकै कम छ। थेरापिस्टले सिकाए बमोजिम कोठामै ९ आइटमका एक्सरसाइज गरिरहेकै छु। २२ दिनको 'बेड रेस्ट'पछि लगभग म ठिक भइसकेँ। 

_x000D_ _x000D_

तर मैले ध्यान दिनुपर्नेछ— गह्रौं वस्तु उठाउनु हुँदैन। झट्ट निहुरिएर बस्नु हुँदैन। कुर्सीमा बस्दा करिब १५-२० मिनेटपछि उठ्ने एकछिन जिउ तन्काउने गर्नुपर्नेछ…।

_x000D_ _x000D_

–०००–

_x000D_ _x000D_

संसारका लगभग ८५ प्रतिशत मानिसमा ढाडको सानो वा ठूलो समस्या हुँदो रहेछ। पूरा सिधा नभई लगभग 'एस' आकारको ढाडलाई विभिन्न मांशपेसी, जोर्नी र अन्य कनेक्टिभ तन्तुले जोडेको हुन्छ। काम गर्ने क्रममा बढी तिनै मांशपेसी वा जोर्नीमा असर पर्छ र ढाड दुख्ने समस्या आइलाग्ने रहेछ।

_x000D_ _x000D_

मैले परामर्श लिएका र भेटेका चिकित्कसहरुले ढाडको समस्या आउन नदिन केके गर्ने भनेर सुझाव दिएका थिए। यो तपाईंलाई पनि काम लाग्न सक्छ।

_x000D_ _x000D_

—लामो समयसम्म एकै पोजिसनमा कुर्सीमा नबस्ने
_x000D_ —एकछिन भए पनि सामान्य व्यायाम गर्ने/ कडा व्यायाम नगर्ने 
_x000D_ —कार्यालयमा काम गर्दा कम्प्युटर र आँखाको स्तर बराबर राख्ने
_x000D_ —लामो यात्रा गर्दा बसको सिट सहज छ/छैन हेर्ने
_x000D_ —पेटको समस्याले पनि दुख्ने भएकाले खानपानमा ध्यान दिने
_x000D_ —गह्रौं भारी नबोक्ने
_x000D_ —लामो समय उभिएर काम नगर्ने
_x000D_ —कडा सोल वा अग्लो हिल भएको जुत्ता लगाएर लामो समय नउभिने
_x000D_ —सुतेर मोबाइल नचलाउने/नपढ्ने
_x000D_ —सुत्दा अप्ठेरो सिरानी नराख्ने
_x000D_ —धेरै कमलो बिछ्यौनामा नसुत्ने
_x000D_ —पाइन्टको पछाडिको पकेटमा पर्स नबोक्ने
_x000D_ —उठ्दा कोल्टे परेर उठ्ने।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन?
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
सम्बन्धित सामग्री
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम देशका विभिन्न जिल्लामा आज स–साना नदी तथा खोलानालाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण... आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क... आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्