• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'बेड रेस्ट'का २२ दिन : बन्चरोले कम्मर छिनालेझैं त्यो अनुभूति

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  २१:३०
1140x725

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै डा विप्लव सापकोटाले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त?'

_x000D_ _x000D_

हो, उनले भनेझैं मेरो मेरुदण्डको तल्लो भाग (एल ४-५) को नसा वरिपरिको भाग आक्रमणमा परिसकेको रहेछ। 

_x000D_ _x000D_

रिपोर्टबारे उनी थप व्याख्या गरिरहेका थिए। नजिकै सोफामा ढल्किएको मेरो शरीर भने जिरिङजिरिङ भइरहेको थियो। म सोच्न थालेँ— अब नसा पनि बिस्तारै च्यापिनेछ। त्यसपछि अप्रेसन…

_x000D_ _x000D_

–०००–

_x000D_ _x000D_

दोस्रोपल्ट दुखाइ बल्झिएपछि फेरि 'बेड रेस्ट'मै फर्किनुपर्‍यो। 'ब्याक पेन'को सानोतिनो पीडालाई झेल्दै आए पनि यसपालि म नराम्ररी थलिएँ। 

_x000D_ _x000D_

असारको अन्तिम सातादेखि ढाड हल्का दुख्न थालेको महसुस त गरेको थिएँ। वास्ता गरिनँ, किनकि पहिलेझैं केही दिनमा ठिक भइहाल्छ भन्ने लागेको थियो। तर बेवास्तालाई ढाडले चुनौती दियो, दुखाइ क्रमश: बढ्न थाल्यो। त्यसपछिका दुई दिन पीडा सहँदै भए पनि अफिस धाइरहेँ। तेस्रो दिन बिहान भने कम्मर हल्लाउन सकिनँ। ओछ्यानबाटै डेस्कका साथीहरुलाई फोन गरेर अफिस आउन नसक्ने जानकारी गराएँ।

_x000D_ _x000D_

टाढा जान सक्ने अवस्थै थिएन। खुट्टा चलाउनासाथ सोझै त्यो पीडाले कम्मर र ढाडमा चस्का हान्थ्यो। नजिकैको कीर्तिपुर हस्पिटलमै चेकजाँच गराउने निधो गरेपछि साथी प्रवेशले मोटरसाइकलमा राखेर पुर्‍याइदिए। 

_x000D_ _x000D_

अर्थोपेडिक डा रहेछन्, अनुजराज बिजुक्छे। उनलाई भेटेँ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

'कतै ठोक्किएको थियो?' सोधे।

_x000D_ _x000D_

'थिएन।'

_x000D_ _x000D_

'लडेको सड्केको?'

_x000D_ _x000D_

'अहँ, केही छैन।'

_x000D_ _x000D_

बेडमा सुताएर प्रारम्भिक चेकजाँच सुरु गरे र भने, 'पहिले एक्सरे हेरौं है त।'

_x000D_ _x000D_

पछि एक्सरे हेर्दै उनले भने, 'पछाडिको मांशपेसी कडा भएर खुम्चिएको रहेछ। त्यसैले हड्डीलाई प्रेसर गरेकाले दुखेको हो।'

_x000D_ _x000D_

दुखाइ कम गर्ने केही औषधि लेखिदिए। र, कम भएपछि थेरापीका लागि एक हप्तापछि पुन: भेट्न भन्दै बिदा दिए। 

_x000D_ _x000D_

उनकै 'डेडलाइन'मा पुन: अस्पताल पुगेँ। दुखाइ केही कम भए पनि  बायाँपट्टि अलि असहज महसुस भइरहेको थियो। उनले फिजियोथेरापीका लागि रिफर गरे। सोही अस्पतालमा त्यसपछिका तीन दिनसम्म लगातार थेरापी गराएँ। थेरापिस्टले चार आइटममा एक्सरसाइज पनि सिकाएका थिए, जसलाई कोठामा आफैले अभ्यास गर्न थालेँ।

_x000D_ _x000D_

जब तेस्रो दिनको थेरापी सकाएर कोठामा आइपुगेँ। अचानक दुखाइ बढ्न थाल्यो। दुवै खुट्टाको पैतालासम्म झनझनाउन थालेपछि म निकै डराएँ। नसाकै समस्या या हड्डी खिएको त होइन!

_x000D_ _x000D_

भोलिपल्ट उठ्न सकिनँ। थेरापी पनि गइनँ जबकि उठेर ट्वाइलेट जान पनि निकै गाह्रो भएको थियो।
_x000D_  
_x000D_ सोच्नुस्, तपाईं सुतिरहनुभएको छ र कसैले कम्मरमा बन्चरोले ठ्वाकठ्वाक हानेर छिनाउँदैछ। भाग्न पनि सक्नुहुन्न किनकि शरीर मूढो जस्तो बनेको छ— हल न चल!

_x000D_ _x000D_

यही महसुस गरेँ दिनभर। 

_x000D_ _x000D_

भोलिपल्ट अर्थोपेडिक सर्जन डा विप्लव सापकोटालाई सम्पर्क गरेर अस्पताल पुगेँ। त्यो अवधिसम्म मेरो बायाँ कम्मर बांगो/छड्के भइसकेको थियो। 

_x000D_ _x000D_

हिँड्दा पनि दायाँ खुट्टाको भरमा कि त कसैको सहारा लिनुपर्ने। 

_x000D_ _x000D_

ढाड नै बांगो अवस्थामा भइसकेपछि हुन सक्छ उनले एमआरआई गर्न सुझाव दिए। केही औषधि सिफारिस गरेर पठाए। सोही दिन एमआरआई गराएँ। भोलिपल्ट बिदा परेकाले रिपोर्ट दुई दिनपछि मात्र आयो। लाग्यो, बिदा नभएको भए एक दिनपहिले नै म थप उपचार गर्न पाउँथे।

_x000D_ _x000D_

रिपोर्ट बोकेर पुन पुगेँ डा विप्लवकहाँ।

_x000D_ _x000D_

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै उनले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त? भित्र कुरकुरे हड्डी जस्ता केही हाड हुन्छन्, तिनले थिचेको छ।'

_x000D_ _x000D_

'अब के गर्ने? हड्डी खिइएको त हैन?' हडबडीमा सोधिहालेँ।

_x000D_ _x000D_

'हड्डी खिइने उमेर त होइन यो। अब केही दिन नियमित औषधि  खानैपर्छ। दुखाइ कम भएपछि फिजियोथेरापी गर्नुपर्छ।'

_x000D_ _x000D_

उनका अनुसार कतिपय अवस्थामा बसाइको सन्तुलन नमिल्दा मेरुदण्डमा भार पर्छ। जब कोही लगातार निहुरिएर काम गर्छ, उसको मांशपेसीले बढी दबाब खेप्नुपर्छ। बिस्तारै शिथिल बन्दै जाँदा मांशपेसीको भार पनि हड्डीले थेग्नुपर्दा दुखाइ उत्पन्न हुन्छ।

_x000D_ _x000D_

मैले अनुमान गरेँ। लगभग मेरो समस्या यही हुन सक्छ। मेरो नियमित काम डेस्क (कम्प्युटरमा गरिने काम) मा रहेर समाचार सम्पादन गर्नु हो। अझ अनलाइनमा भएपछि यसै पनि समाचारको प्रेसर पर्ने नै भयो। 

_x000D_ _x000D_

'ढाड सिधा पारेर काम गर्ने हो भने भार टाउको हुँदै मेरुदण्डबाट सिधा तल जान्छ,' उनले थप जानकारी दिए, 'तर निहुरिएको अवस्थामा टाउकोको भार मेरुदण्डबाट अगाडि जाने भएकाले मांशपेसीमा दबाब हुन्छ।'

_x000D_ _x000D_

उनको सुझावपछि म फर्किएँ। तर तत्कालै थेरापी गर्न चाहिनँ किनकि दुखाइ कम भएकै थिएन। नियमित औषधि खाने र सुताइलाई सहज बनाइराखेँ। 

_x000D_ _x000D_

अहिले म डा सुनिल पौडेलको परामर्शमा स्पार्क हेल्थ होममा फिजियो थेरापी गराइरहेको छु। उनका अनुसार शारीरिक श्रमको कमी वा ढाडको बढी प्रयोग र गलत आसनका कारण यसखाले समस्या आइलाग्छ।

_x000D_ _x000D_

अहिले त बांगिएको कम्मरमा सुधार आइसकेको छ। दुखाइ निकै कम छ। थेरापिस्टले सिकाए बमोजिम कोठामै ९ आइटमका एक्सरसाइज गरिरहेकै छु। २२ दिनको 'बेड रेस्ट'पछि लगभग म ठिक भइसकेँ। 

_x000D_ _x000D_

तर मैले ध्यान दिनुपर्नेछ— गह्रौं वस्तु उठाउनु हुँदैन। झट्ट निहुरिएर बस्नु हुँदैन। कुर्सीमा बस्दा करिब १५-२० मिनेटपछि उठ्ने एकछिन जिउ तन्काउने गर्नुपर्नेछ…।

_x000D_ _x000D_

–०००–

_x000D_ _x000D_

संसारका लगभग ८५ प्रतिशत मानिसमा ढाडको सानो वा ठूलो समस्या हुँदो रहेछ। पूरा सिधा नभई लगभग 'एस' आकारको ढाडलाई विभिन्न मांशपेसी, जोर्नी र अन्य कनेक्टिभ तन्तुले जोडेको हुन्छ। काम गर्ने क्रममा बढी तिनै मांशपेसी वा जोर्नीमा असर पर्छ र ढाड दुख्ने समस्या आइलाग्ने रहेछ।

_x000D_ _x000D_

मैले परामर्श लिएका र भेटेका चिकित्कसहरुले ढाडको समस्या आउन नदिन केके गर्ने भनेर सुझाव दिएका थिए। यो तपाईंलाई पनि काम लाग्न सक्छ।

_x000D_ _x000D_

—लामो समयसम्म एकै पोजिसनमा कुर्सीमा नबस्ने
_x000D_ —एकछिन भए पनि सामान्य व्यायाम गर्ने/ कडा व्यायाम नगर्ने 
_x000D_ —कार्यालयमा काम गर्दा कम्प्युटर र आँखाको स्तर बराबर राख्ने
_x000D_ —लामो यात्रा गर्दा बसको सिट सहज छ/छैन हेर्ने
_x000D_ —पेटको समस्याले पनि दुख्ने भएकाले खानपानमा ध्यान दिने
_x000D_ —गह्रौं भारी नबोक्ने
_x000D_ —लामो समय उभिएर काम नगर्ने
_x000D_ —कडा सोल वा अग्लो हिल भएको जुत्ता लगाएर लामो समय नउभिने
_x000D_ —सुतेर मोबाइल नचलाउने/नपढ्ने
_x000D_ —सुत्दा अप्ठेरो सिरानी नराख्ने
_x000D_ —धेरै कमलो बिछ्यौनामा नसुत्ने
_x000D_ —पाइन्टको पछाडिको पकेटमा पर्स नबोक्ने
_x000D_ —उठ्दा कोल्टे परेर उठ्ने।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मंगलबार, कात्तिक २५, २०८२
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत सरकारले सरकार र निजी प्रवर्द्धकबाट समेत कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत् सम्बन्धी उत्पादन, प्रसारण र वितरण आयोजनालाई यो सूच... मंगलबार, कात्तिक २५, २०८२
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा... मंगलबार, कात्तिक २५, २०८२
ताजा समाचारसबै
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, कात्तिक २५, २०८२
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्