चरिकोट– संरक्षित वन्यजन्तु सालकको खपटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
_x000D_
_x000D_
उनीहरुको साथबाट २ केजी ९ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरेको थियो।
_x000D_
_x000D_
अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शंकास्पद भइ रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा २ केजी ९ सय ग्राम सालकको खपेटा फेला परेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपटा बरामद गरेको छ।
_x000D_
_x000D_
गत साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपटासहित पक्राउ गरेको थियो।
_x000D_
_x000D_
दोलखामा सालकको खपटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।