बझाङ– बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
_x000D_
_x000D_
बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप बुंगल नगरपालिकाको वडा नम्बर ५ मा दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो।
_x000D_
_x000D_
मृत्यु हुनेमा कञ्चरपुर जिल्ला बेदकोट नगरपालिकाका ५ बस्ने ६५ वर्षीया बिना देवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
_x000D_
_x000D_
घाइते हुनेमा चालक केदार रण बहादुर खाती र सहचालक सुनील खाती सहित मुडु बोहरा, वर्षीया प्रेम बोहरा, कविता बोहरा, माया बोहरा, लालमती बोहरा चन्द्र सिङ बोहरा, विरेन्द्र बोहरा नरेन्द्र कुँवर, कृष्ण कुँवर, धीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
_x000D_
_x000D_
घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।