तनहुँ– व्यास नगरपालिकाले व्यास नगरपालिका–१ को वडा कार्यालयसम्बन्धी विवाद मिलाउन नौ सदस्यीय समिति गठन गरेको छ।
_x000D_
_x000D_
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरपालिकामा बसेको सरोकारवालाको बैठकले वडा कार्यालयको नयाँ भवन कहाँ बनाउने भन्ने सम्बन्धमा छलफल गरी राय सुझाव दिन समिति गठन गरेको हो।
_x000D_
_x000D_
समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट ४, नेपाली कांग्रेसबाट ४ र १ इञ्जिनियर रहेका छन्। समितिले कात्तिक १५ गतेसम्म सुझाव दिनेछ।
_x000D_
_x000D_
व्यास नगरपालिका–१ को स्थायी कार्यालय राख्नेबारे कांग्रेस र नेकपाबीच विवाद छ। नेकपाले चारकुने तथा कांग्रेस अन्यत्र कार्यालय राख्न् माग गर्दै आएको छ।
_x000D_
_x000D_
विवादका कारण वडा कार्यालय भवन निर्माण हुनसकेको छैन। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।