दमौली– भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परि मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।
_x000D_
_x000D_
क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन। चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो। पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन्।
_x000D_
_x000D_
मृतकको परिवारले ७ लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन्। पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने ५ लाखबाहेक १ लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।