धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
_x000D_
_x000D_
उक्त वडामा पर्ने अन्तर्राष्ट्रिय महत्वको जैविकमार्ग अन्तर्गतको चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउन नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।
_x000D_
_x000D_
उनले उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर रिट निवेदन दर्ता गराएकी छिन्।
_x000D_
_x000D_
अधिवक्ता जोशीले रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं विपक्षी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङलाई प्रतिवादी बनाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।