एजेन्सी– इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा भारतले ६ रनको सनसनीपूर्ण जित निकालेको छ ।
भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ३७६ रनमा अलआउट हुन पुगेपछि भारतले जित हात पारेको हो ।
भारतको जितमा मोहम्मद सिराजले ३०.१ ओभरमा १०४ रन खर्चिँदै महत्त्वपूर्ण चार विकेट लिँदा प्रसिद्ध कृष्णाले चार विकेट लिए । यो जितसँगै टेस्ट सिरिज २–२ को बराबरीमा टुंगिएको छ ।
दोस्रो इनिङ्समा इंग्ल्याण्डका ह्यारी ब्रुक र जो रुटले शनकीय पारी खेले । ब्रुकले १११ र रुटले १०५ रन बनाउँदा ओपनर बेन डकेटले ५४ रनको अर्धशतकीय पारी खेले ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।