भक्तपुर– मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भर्याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो।
_x000D_
_x000D_
उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए।
_x000D_
_x000D_
सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ।
_x000D_
_x000D_
कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।