काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरे क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
_x000D_
_x000D_
पूर्व राष्ट्रपति यादवले ६० प्रतिशत जनसंख्यालाई आश्रय दिइरहेको चुरे विनाश तत्काल नरोकिए तराईको भूगोल मरुभूमिकरण हुनेतर्फ पनि सचेत गराए।
_x000D_
_x000D_
१ सय ५०औं गान्धी जयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुरे संरक्षणका विषयमा कलम चलाउन लेखक, बुद्धिजीविहरुलाई समेत आग्रह गरे। पूर्व राष्ट्रपति यादवले गान्धीको दर्शन विश्वका लागि महत्वपूर्ण भएको पनि स्मरण गराए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गान्धीको अहिंसावादी दर्शन विश्वकै लागि महत्वपूर्ण भएको उल्लेख गर्दै उनको प्रेरणाबाटै नेपालमा पनि सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण सम्भव भएको बताए।
_x000D_
_x000D_
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप गिरि, नेपालका लागि भारतका राजदुत मन्जिवसिंह पुरीलगायतले पनि गान्धीको अहिंसादवादी दर्शन र त्यसले विश्वमा पारेको प्रभावबारे चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।